‘जनयुद्ध’ को अपमान गर्नेलाई सशक्त प्रतिवाद गर्न प्रचण्डको निर्देशन

हिमाल प्रेस २८ भदौ २०८१ १७:३५ | Friday, September 13, 2024
‘जनयुद्ध’ को अपमान गर्नेलाई सशक्त प्रतिवाद गर्न प्रचण्डको निर्देशन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ– नेकपा माओवादी केन्द्रले ‘जनयुद्ध’ लाई हिंसाको रुप दिएर अपमान गर्ने काम भएको भन्दै सदनमा प्रतिवाद गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सत्तापक्ष दलहरुले जनयुद्ध लाई हिंसाका रुप दिएर अपमानित गर्ने काम गरेको भन्दै सदनमा निरन्तर प्रतिवाद गर्ने निर्णय गरेको हो।

हिंसा शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको माओवादी मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले ‘जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गर्नेगरी आएका भावहरु स्वीकार्य नहुने स्पष्ट पारे।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई अपमान गर्ने काम भएकाले सदनबाट सशक्त रूपमा प्रतिवाद गर्न निर्देशन दिएका थिए। त्यस्तै बैठकले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार पुुनरावलोकन (भ्याकेट) मा जानुपर्ने निष्कर्ष निकालेको मुख्य सचेतक पाण्डेले बताए।

त्यस्तै बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मालाई नै उम्मेवारका रुपमा अघि बढाउने र विधायन व्यवस्थापन समितिको सभापति नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। त्यस्तै मुख्य सचेतक पाण्डेले उपसभामुखलाई हटाउने सत्तापक्षको कदम सही नभएको बताए।

प्रकाशित: २८ भदौ २०८१ १७:३५ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast