जनप्रतिनिधिको बैठक भत्ता विद्यालयमा

हिमाल प्रेस ३० भदौ २०८१ १०:१९ | Sunday, September 15, 2024
जनप्रतिनिधिको बैठक भत्ता विद्यालयमा विद्यालय। प्रतिनिधिमूलक तस्बिर

तनहुँ- ऋषिङ गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन्। गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन्।

अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, बिपन्न र अशक्त विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्षको साउनदेखि उक्त प्रक्रिया अघि बढाइसकिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। उनका अनुसार गाउँपालिकामा कुल ४४ जनप्रतिनिधि छन्।

जनप्रतिनिधिले एक महिनामा प्राप्त गर्ने सेवासुविधा सहयोग गर्दा अक्षयकोषमा आठ लाख संकलन हुने प्रवक्ता दरैले बताए। जनप्रतिनिधिको बाँकी तीनवर्षे कार्यकालसम्म यसलाई निरन्तरता दिनेगरी योजना अघि बढाइएको हो।

गाउँपालिकाको १६औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिले पाउने वर्षको एक महिनाको सेवासुविधा बापतको रकम तीन वर्षसम्म निरन्तरत दिँदा २४ लाख बराबरको अक्षयकोष स्थापना हुनेछ।

विद्यालयमा अक्षयकोष स्थापना गर्न कार्यविधि बनाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि बढेको छ।

प्रकाशित: ३० भदौ २०८१ १०:१९ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast