बालविकासमा पढाउन कठिन छ, शिक्षकलाई प्रावि सरह मात्र हाेइन, बढी तलब दिनुपर्छ : प्रधानाध्यापक यादव

हिमाल प्रेस ३२ साउन २०८१ १३:१६
3.0k
SHARES
बालविकासमा पढाउन कठिन छ, शिक्षकलाई प्रावि सरह मात्र हाेइन, बढी तलब दिनुपर्छ : प्रधानाध्यापक यादव श्री रत्नराज्य माध्यमिक विद्यालय बानेश्वर, काठमाडौँका प्रधानाध्यापक रामाशिष यादव। तस्बिर : हिमालप्रेस

काठमाडाैँ- श्री रत्नराज्य माध्यमिक विद्यालय बानेश्वर, काठमाडौँका प्रधानाध्यापक रामाशिष यादवले बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई सरकारले पक्षपाती गर्न नहुने बताएका छन्।

उनले विद्यालयकाे जग नै बालविकास भएकाले त्याे जगलाई प्रभाव पर्नेगरी शिक्षकलाई व्यवहार गर्न नहुने बताए। हिमालप्रेससँग उनले भने,‘राज्यले ईसीडी शिक्षकलाई पक्षपाती गरेको छ। बालविकास शिक्षाको जग हो। त्यो जगलाई प्रभाव पर्नेगरी शिक्षकलाई व्यवहार गर्नु हुँदैन।’

प्रधानाध्यापक यादवले ईसीडी शिक्षकलाई प्राथमिक तहका शिक्षककाे भन्दा बढी तलब दिने व्यवस्था गर्नुपर्ने बताए। ‘माथिल्ला कक्षामा भन्दा बालविकासमा पढाउन कठिन छ। बालविकासमा अरूभन्दा दक्ष शिक्षक राख्नुपर्छ। पीएचडी तह पार गरेको शिक्षक बालविकासमा राखे पनि फरक पर्दैन। जस्तो कि रुखको जरा बलियो छैन भने हुरीले रुख ढल्छ नि! राज्यले उनीहरूलाई खुसी नै बनाउनुपर्छ। अनि मात्र शिक्षामा सुधार हुन्छ,’ उनले भने।

ईसीडी शिक्षकलाई सरकारबाट प्राप्त तलबमा रत्नराज्य माविले १५ हजार रुपैयाँ थपेर दिएकाे पनि प्रधानाध्यापक यादवले बताए। ईसीडी शिक्षकलाई संघीय सरकारले मासिक रूपमा १० हजार रुपैयाँ दिन्छ भने स्थानीय तहले न्यूनतम सात हजार रुपैयाँ दिनुपर्छ।

यादव भन्छन्,‘काठमाडाैँ महानगरले जति तलब पठाउँछ हामीले त्यसमा मोटामोटी १५ हजार रुपैयाँ थपिदिएका छौं। हामीले उहाँहरूलाई राम्रै तलब दिएका छौं चित्त दुखाइ छैन। शिक्षकले चित्त दुखाएपछि त्यसको असर कक्षाकोठामा पर्छ।’

रत्नराज्य माविमा चार जना बालविकास शिक्षक कार्यरत रहेकाे प्रधानाध्यापक यादवले बताए।

याे पनि

ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई राज्यबाटै असमान व्यवहार : प्रधानाध्यापक पण्डित

ईसीडी शिक्षकलाई अन्य शिक्षक सरह तलब दिनुपर्छ : प्रधानाध्यापक रिमाल

‘बालविकास शिक्षकलाई समयोचित तालिम र तलब दिइयाेस्’

बालविकासलाई विद्यालयको अंग बनाऔँ भन्दा कोही मानेनन् : शिक्षाविद् कोइराला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =