होटल बाराही ग्रुपले दियो २० लाख ५५ हजार

हिमाल प्रेस २४ भदौ २०८३ २०:५७ | Wednesday, September 9, 2026
होटल बाराही ग्रुपले दियो २० लाख ५५ हजार

पोखरा- रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटल बाराही ग्रुपले आर्थिक सहयोग गरेको छ।

विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लेकसाइडस्थित होटल बाराही ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख ५५ हजार ८१५ रुपैयाँ सहयोग गरेको हो।

बैंकमार्फत कोषमा रकम दाखिला गरिएको भौचर ग्रुपका सञ्चालक वैभव पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरे।

प्रमुख जिल्ला अधिकारी गुरुङले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि राहत कोषमार्फत सामाजिक संस्था, होटल व्यवसायी तथा विभिन्न व्यक्तिले गरेको सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गरे।

राज्य अप्ठ्यारोमा परेको समयमा मनकारी व्यक्ति तथा संस्थाले मन फुकाएर गरेको सहयोग प्रशंसनीय रहेको उनले बताए।

ग्रुपका सञ्चालक वैभव पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको बताए।

विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेकाले राहत कोषमा रकम जम्मा गरिएको उनले बताए।

प्रकाशित: २४ भदौ २०८३ २०:५७ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast