पश्चिम एसिया तनाव : बढ्यो कच्चा तेलको मूल्य

हिमाल प्रेस २४ भदौ २०८३ १९:३२ | Wednesday, September 9, 2026
पश्चिम एसिया तनाव : बढ्यो कच्चा तेलको मूल्य होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिका र इरानबीच जारी द्वन्द्व र साउदी अरबमा हुथी आक्रमणपछि बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। कच्चा तेलको मूल्य जुलाईयता सबैभन्दा महँगो भएको हो।

यद्यपि कच्चा तेलको मूल्य केही समयका लागि घटेर प्रतिब्यारेल ९९.९० डलरसम्म झरेको थियो।

पश्चिम एसियामा पुनः तनाव बढे कच्चा तेलको मूल्य अझै माथि जान सक्ने अनुमान गरिएको छ।

अमेरिकी आक्रमणमा इरानका पाँचवटा तेल ट्यांकरलाई निशाना बनाइएको थियो। तीमध्ये चारवटा ट्यांकर ओमानको खाडीमा थिए र तिनको सम्बन्ध इरानको रिभोल्युसनरी गार्ड्क कप्र्ससँग थियो।

अर्को एउटा ट्यांकरमा खारग द्विपनजिकै आक्रमण गरिएको थियो।

इरानले जवाफमा जोर्डनस्थित एक अमेरिकी सैन्य अखडामा मिसाइलहरू प्रहार गरेको थियो। जसमध्ये अधिकांश मिसाइलहरू बीचमै खसालेर निष्क्रिय पारिएको थियो।

इरानले स्ट्रेट अफ होर्मुजमा दुईवटा अमेरिकी जहाज र आठवटा तेल ट्यांकरहरूमा आक्रमण गरेको दाबी गरेको छ।

जुलाईदेखि इरान सर्मिथत यमनका हुथी र साउदी अरेबियाले एक अर्कामाथि आक्रमण गरिरहेका छन्। मंगलबार हुथी विद्रोहीहरूले साउदी अरेबियाका धेरै तेल प्रसोधन केन्द्रहरूमा आक्रमण गरेको बताएका थिए।

गत महिनाको सुरुवातदेखि कच्चा तेलको मूल्यमा करिब २५ प्रतिशतले वृद्धि भएको छ।

फेब्रुअरीमा इरानसँग अमेरिका र इजरायलबीच द्वन्द्व सुरु भएयता कच्चा तेलको मूल्य अप्रिल ३० मा बढेर प्रति ब्यारेल १२६.४१ डलर पुगेको थियो।

प्रकाशित: २४ भदौ २०८३ १९:३२ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast