तीन वर्षपछि श्रीलंकाले भारतलाई हरायो

हिमाल प्रेस २१ साउन २०८१ ७:१६
10
SHARES
तीन वर्षपछि श्रीलंकाले भारतलाई हरायो

काठमाडौँ- घरेलु टोली श्रीलंकाले भारतलाई तीन वर्षपछि एकदिवसीय क्रिकेटमा पराजित गरेको छ। तीन खेलको शृंखलाको दोस्रो खेल श्रीलंकाले ३२ रनले जित्यो। श्रीलंकाले जेफरी वान्डरसेले ६ विकेट लिँदै घरेलु टोलीको जित पक्का गरेका थिए।

सन् २०२१ पछि भारतविरुद्ध श्रीलंकाको जित हो। यसक्रममा श्रीलंकाले ६ खेल गुमायो। एक खेल टाइ भएको छ। कोलम्बोमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्दै ९ विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो।

भारतले ४२.२ ओभरमा दुई सय ८ रन मात्रै बनाउन सक्यो। भारतले पहिलो विकेटको क्षतिमा ९७ रन बनाएको थियो। १४७ रन बनाउँदा ६ विकेट गुमाएको हो।

श्रीलंकाका जेफरीले एकदिवसीयको डेब्यु खेलमै चमत्कार गरेका छन्। उनी वानिंन्दु हसरंगाको स्थानमा खेलेका थिए। उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए।

यता, पहिलो बलमै विकेट गएपछि कुशल मेन्डिस र आविस्का फर्कान्डेजले श्रीलंकाको इनिङ्स बढाएका थिए। दुई खेलाडीले ७४ रनको साझेदारी गरे।

आविस्काले ४०, कामिन्दु मेन्डिसले पनि ३०, डुनिथ वेलालागेले ३९ र कुशलले ३० रन बनाएका थिए। भारतका वासिंघन सुन्दरले तीन विकेट हात पारे।

भारतको इनिङ्समा कप्तान रोहित शर्माले ६४ र अक्षर पटेलले ४४ तथा सुभमन गिलले ३५ रन बनाए। विराट कोहलीले मात्र १४ रन जोडेका थिए।

प्रकाशित: २१ साउन २०८१ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =