‘बुलाकी’ को गीत ‘सधैँ पछी परन्या हुन् स्त्री’

हिमाल प्रेस १७ साउन २०८१ १७:४३
46
SHARES
‘बुलाकी’ को गीत ‘सधैँ पछी परन्या हुन् स्त्री’

काठमाडौँ- साउन ३२ मा पुनः प्रदर्शन हुन लागेको फिल्म ‘बुलाकी’ को गीत ‘सधैँ पछी परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ। समीक्षा अधिकारीको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द र संगीत छ।

गीतमार्फत नारीको पीडा र वेदना प्रस्तुत गरिएको छ। गीतको भिडियोमा फिल्मका दृश्यहरु कैद गरिएको छ।

फिल्ममा निःसन्तान महिलाको पीडा र बाँझोपनको दोष सधैँ महिलालाई नै दिने प्रवृत्ति, घरपरिवारबाट दुःख पाएकी एक महिलाको महिला कथा छ।

फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् भने अन्य कलाकार विराज विष्ट, नरेन खड्का, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत छन्।

छत्रेश्वरी म्यानेजमेन्ट ब्यानरमा निर्माण भएको हो। स्व. मोती विष्टको प्रस्तुतिमा बनेको फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन्।

फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शन भएको थियो।

प्रकाशित: १७ साउन २०८१ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =