लोकलयमा आधारित ‘परालको आगो’ को दोस्रो गीत ‘निम्तो सुपारी’

हिमाल प्रेस २७ चैत २०८२ १५:५८ | Friday, April 10, 2026
लोकलयमा आधारित ‘परालको आगो’ को दोस्रो गीत ‘निम्तो सुपारी’

काठमाडौँ- फिल्म ‘परालको आगो’ मा समावेश अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर छ। गायक सत्य र स्वरूपराज आचार्यले संगीत भरेका छन्।

गीत सुरेन्द्र रानाले लेखेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन्।

ग्रामिण परिवेशमा खिचिएको भिडियो रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ। यसअघि फिल्मको ‘उडी जाउँ भने, म पंक्षी होइन’ गीत सार्वजनिक गरिएको थियो।

फिल्मको कथा कथाकार गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित छ। फिल्म आगामी वैशाख ११ देखि हलमा लाग्नेछ।

गीतको भिडियोमा देखिएका कलाकारसँगै फिल्ममा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

लक्ष्मण सुनारले निर्देशन गरेको फिल्म हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुशील पोखरेलले लगानी गरेका छन्।

प्रकाशित: २७ चैत २०८२ १५:५८ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast