चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीले गरे स्वराङ्कन (संवादसहित)

हिमाल प्रेस १९ साउन २०८१ १८:२७ | Saturday, August 3, 2024
चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीले गरे स्वराङ्कन (संवादसहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक चलचित्र ‘नमेटिने घाउ’ मा स्वराङ्कन गरेका छन्। शनिबार अनामनगरस्थित द एरा म्युजिक स्टुडियो पुगेर प्रधानमन्त्री ओलीले स्वराङ्कन गरेका हुन्।

एसिडपीडितहरूले भोग्नुपरेको समस्या र पीडामा केन्द्रित भएर ‘नमेटिने घाउ’ नामक समाजिक चलचित्रको निर्माण भइरहेको छ।

यस्तो छ प्रधानमन्त्री ओलीले स्वराङ्कन गरेका संवाद

नमस्कार, बस्नुस्,

धन्यवाद, रमित जी, कलाकार समाजका गहना भन्छन्, त्यतिमात्र होइन कलाकारले आफ्नो कलामार्फत, समाजलाई सचेत गराउने, समाजलाई आफ्नो कलामार्फत र कलाबाहेक अन्य कार्यहरू मार्फत पनि, समाजका समस्या चिन्न र तिनलाई, समाधान गर्न, त्यसै अनुसार यहाँले अहिले, यो अभियान चलाइरहनु भएको छ, एसिड पीडितहरूलाई कसरी न्याय दिलाउने अहिले, अब तपाईँ आइपुग्नु भएको छ, अब चिन्ता गर्नु परेन, एसिड पीडितहरूले न्याय पाउने छन्, र पीडकहरूले दण्ड पाउनेछन्, तपाईंहरूको समस्याको समाधान र तपाईंहरू न्याय म दिन्छु। राजेशलाई भित्र बोलाउनुस्।

उहाँहरू एसिड अट्याक सर्भाइवरहरू हुनुहुन्छ, एसिड पीडितहरू यति लामो समयदेखि पीडा भोगिरहेका छन्, उहाँहरूलाई तुरून्तै न्याय दिनु जरूरी छ, अब, न्याय दिन बिलम्ब गर्नु हुँदैन, यतिबेला संसदको अधिवेशन नचलेको हुनाले, अध्यादेश ल्याएर भए पनि तुरून्तै न्याय दिन जरूरी छ। त्यसकारण, १५ दिनभित्रै एसिड पीडितहरूलाई न्याय दिने, पीडकहरूलाई सजाय दिने गरी कडा कानुनको मस्यौदा तयार गरेर, प्रस्तुत गरेर सम्बन्धित मन्त्रालय र मन्त्रीज्यूहरू खबर गरिदिनुस्।

मुस्कान नानी र अरू भाइबहिनीहरू, अब तपाईंहरूले चिन्ता गर्नुपर्दैन, तपाईंहरूले न्याय पाउनु हुन्छ र,अपराधीहरूलाई कडा सजाय गर्ने, र पीडितहरूलाई न्याय दिने, प्रबन्ध कानुनबाटै हामीले अगाडि बढाउँछौं।

प्रकाशित: १९ साउन २०८१ १८:२७ | Saturday, August 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast