काठमाडौँ- नेपाल काभा वुमन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको सेमिफाइनल खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो। इरानलाई नेपालले २५-२१, २८-२६ र २५-२० ले हराएको हो।
अब नेपालले फाइनलमा भारतको सामना गर्नेछ।
प्रकाशित: २२ साउन २०८१ १८:५० | Tuesday, August 6, 2024
प्रतिक्रिया


