पाल्पाका किसानलाई कृषियन्त्र र मौरीघार वितरण

हिमाल प्रेस ११ साउन २०८१ ७:४८
12
SHARES
पाल्पाका किसानलाई कृषियन्त्र र मौरीघार वितरण

पाल्पा- तानसेन नगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरीघार वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए।

कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी ४० लाख र मौरीजन्य सामग्रीका लागि २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ।

उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो।

प्रकाशित: ११ साउन २०८१ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =