फाइल तस्बिर।
जनकपुरधाम- मधेश प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ। यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो।
मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशकोे तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो।
सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ। यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन्।
किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले बताए।
यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन्।
प्रकाशित: ८ साउन २०८३ ८:५० | Friday, July 24, 2026
प्रतिक्रिया

