शिक्षामा छुट्याइएकाे बजेट विवरण पठाउन प्रदेश र स्थानीय तहलाई मानव स्रोतले लेख्याे पत्र

हिमाल प्रेस ८ साउन २०८१ १०:४७
1.4k
SHARES
शिक्षामा छुट्याइएकाे बजेट विवरण पठाउन प्रदेश र स्थानीय तहलाई मानव स्रोतले लेख्याे पत्र

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) सानोठिमी, भक्तपुरले  चालु  आ.व. २०८१/८२ मा शिक्षा क्षेत्रमा विनियोजित बजेट विवरण पठाउन सबै स्थानीय तह र सात वटै प्रदेशका शिक्षासम्बद्ध मन्त्रालयलाई पत्र पठाएकाे छ। केन्द्रले साेमबार पत्र पठाउँदै साउन ११ गतेभित्र विवरण पठाउन अनुराेध गरेकाे हाे।

पत्रमा भनिएकाे छ,‘प्रस्तुत विषयमा चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ससर्त अनुदान बाहेक प्रदेश र स्थानीय तहबाट शिक्षा क्षेत्रमा विनियोजित बजेट एकीकृत गर्ने प्रयोजनार्थ त्यहाँ प्रदेश स्थानीय सरकारबाट चालु आर्थिक वर्ष  २०८१ / ८२ का लागि विनियोजित बजेटसँग सम्बन्धित विवरण तयार गरी सोको प्रमाणित Soft copy यस योजना तथा अनुगमन शाखाको इमेल ठेगाना [email protected] मा मिति २०८१।०४।११ गतेभित्र आइपुग्ने गरी पठाइदिनुहुन निर्णयानुसार अनुरोध छ।’

संघीय सरकारकाे ससर्त बजेटबाहेक प्रदेश र स्थानीय तहले शिक्षा क्षेत्रमा विनियोजन गरेकाे विवरण मात्र पठाउनुपर्नेछ।

प्रकाशित: ८ साउन २०८१ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =