सामान्य अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस २४ असार २०८१ १६:०५
18
SHARES
सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ को अंकमा कायम भएको हो।

आज तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ। वित्त समूह ०.२६, लघुवित्त ०.९२ र म्युचुअल फण्ड ०.४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

आज बैंकिङ ०.१८, विकास बैंक ०.३६, होटल तथा पर्यटन ०.९५ र जलविद्युत् समूह ०.३९ प्रतिशतले घटेको छ। लगानी ०.२९, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.१५, निर्जीवन बीमा ०.३३, व्यापार ०.८२ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.६८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयरमूल्य ८.३९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २८ करोड ७० लाख ८० हजार नौ सय ३५ बराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: २४ असार २०८१ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =