ईसीडी शिक्षक र कर्मचारीलाई न्यूनतम तलब पनि नदिनु अन्याय : अध्यक्ष भण्डारी

हिमाल प्रेस २२ असार २०८१ १३:४९
4.4k
SHARES
ईसीडी शिक्षक र कर्मचारीलाई न्यूनतम तलब पनि नदिनु अन्याय : अध्यक्ष भण्डारी

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षक-कर्मचारीले सरकारले तोकेको न्यूनतम तलब पनि नपाउनु अन्याय भएको बताएका छन्।

हिमालप्रेससँग कुरा गर्दै अध्यक्ष भण्डारीले विगत दुई वर्षदेखि शिक्षक-कर्मचारीको तलब नबढेको बताउँदै आगामी आवमा बढाउनुपर्छ भनेर लबिङ गरे पनि राज्यले नसुनेको बताए।

उनले बालविकास शिक्षकले न्यूनतम तलबमा काम गर्नुपरेको र विद्यालय कर्मचारीले पनि तलब नपाएको बताए। उनले भने, ‘सरकारले तोकेको न्यूनतम तलब पनि नपाउनु अन्याय हो। बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई अन्याय भएको छ।’

त्यसैगरी अध्यक्ष भण्डारीले स्थायी शिक्षकको ग्रेड वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए। उनले विद्यालय संरचनाभित्र नरहेको बालविकास शिक्षकलाई विद्यालय संरचनामा ल्याउन माग गरे।

राहत शिक्षकलाई जति सक्दो छिटो व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। यी सबै समस्या समाधानका लागि सरकारले शिक्षा ऐन तुरुन्त ल्याउनुपर्ने भण्डारीले बताए।


प्रतिक्रिया

One thought on “ईसीडी शिक्षक र कर्मचारीलाई न्यूनतम तलब पनि नदिनु अन्याय : अध्यक्ष भण्डारी

  1. पदिय दाईत्व अल्पकालीन हुनेहरुलेे बिधालय कर्मचारी र ईसिडी शिक्षक काे तलव,सेवासुबिधा र स्थाईत्वकाे वास्ता गर्दैनन् त्याे कुरा बजेट भाषणकै दिन थाहा हुन्छ,बिगत ले याे कुराकाे पुष्टि गरिसकेकाे छ,सवैलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =