सगरमाथाको आधारशिविर पुगेर सिएमसीका विधार्थीहरूले गरे चिकित्सकलाई हुने दुर्व्यवहारको विरोध

हिमाल प्रेस २० असार २०८१ ७:३६
6
SHARES
सगरमाथाको आधारशिविर पुगेर सिएमसीका विधार्थीहरूले गरे चिकित्सकलाई हुने दुर्व्यवहारको विरोध

काठमाडौँ- चितवन मेडिकल कलेज (सिएमसी) मा अध्ययनरत दुई विधार्थीले सगरमाथा आधारशिविर पुगेर नेपालमा हुने चिकित्सक दुर्व्यवहारको विरोध जनाएका छन् । सिएमसीमा अध्ययनरत जाबिर अहमद मियाँ र पुकार अधिकारीले सगरमाथा आधारशिविर पुगेर देशका बिभिन्न अस्पताल र स्थानहरूमा हुने चिकित्सक दुर्व्यवहारको विरोध जनाएका हुन् ।

झण्डै एक हप्ताको यात्रामा सगरमाथाको आधारशिविर (वेसक्याम्प) पुगेका उनीहरूले देशभर कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने समेत माग राखेका छन् ।

‘बिरामीको ज्यान जाँदा वा अन्य कुनैपनि कारणमा अनाहक चिकित्सक र स्वास्थ्यकर्मीमाथी हातपात र दुर्व्यवहार हुने गरेको घटना हाम्रा सामू धेरै छन्’ आधारशिविर पुगेका मध्ये एक मियाँले भने ‘पछिल्लो समय नेपाली चिकित्सकहरू विदेश पलायन भइरहेको एउटा मुख्य कारण योपनि हो, यहाँ न काम गर्ने वातावरण छ । न आत्मसम्मान छ ।’

चिकित्सकहरूलाई हुने दुर्व्यवहारको बिरोधका लागि देशभर सकरात्मक सन्देश फैलाउन र यस्ता घटनालाई निरुत्साहित गर्न सगरमाथा बेसक्याम्पबाट आह्वान गरिएको उनले बताए । ‘यो एउटा साँकेतिक आह्वान र आन्दोलन हो, अबका दिनमा यस्ता घटना रोक्न सक्ने मेकानिज्म र कडा नीतिगत ब्यवस्थाका लागि हामी राज्यसंग आग्रह समेत गर्दछौ’ मियाँले थपे ।

बिरामीको मृत्युमा वा अन्य कुनै समस्या भएमा चिकित्सकलाई दोष दिने परिपाटीको अन्त्य हुनुपर्ने समेत उनले बताए ।

प्रकाशित: २० असार २०८१ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =