राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

हिमाल प्रेस १८ असार २०८१ १३:३२
100
SHARES
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन्। कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन्।

राष्ट्रपति पौडेललाई भेट्नुअघि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले एमालेले समर्थन फिर्ता लिए पनि राजीनामा नदिने र संसदबाट विश्वासको मत लिने निर्णय गरेको थियो। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले आफूले राजीनामा नदिने र विश्वासको मत लिने विषयमा पनि जानकारी गराएको स्रोतको भनाइ छ।

यसअघि मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा गर्न आग्रह गरेका थिए।

प्रकाशित: १८ असार २०८१ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =