यूएईसँग नेपाल ४-० ले पराजित

हिमाल प्रेस २५ जेठ २०८१ ६:०८
6
SHARES
यूएईसँग नेपाल ४-० ले पराजित

काठमाडौँ- विश्वकप २०२६ का लागि एसियन कप- २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो।

पहिलो चरणको खेलमा पनि नेपाल यूएईसँग ४-० गोल अन्तरले नै पराजित भएको थियो। समूह एचको शीर्ष स्थानमा रहेको यूएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ।

बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल पुछारमा रहेको छ। यमनको चार अंक छ भने नेपाल अंकविहीन छ। यूएईका हरिब अब्दुल्ला सुहेलले दुई गोल  र अली सालेह र हाजेम मोहम्मदले समान एक एक गोल गरे।

खेलको पहिलो हाफको १२ र १४औं मिनेटमा सुहेलले गोल गरेका थिए। ५३औं मिनेटमा सालेह र ७५औं मिनेटमा मोहम्मदले गर्दै यूएईलाई जिताए।

प्रकाशित: २५ जेठ २०८१ ६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =