कांग्रेसको महाधिवेशन उद्घाटन आगामी आइतबार खुलामञ्चमा

हिमाल प्रेस १३ असोज २०८३ १३:३३ | Tuesday, September 29, 2026
कांग्रेसको महाधिवेशन उद्घाटन आगामी आइतबार खुलामञ्चमा

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी आइतबार दिउँसो २ बजे हुने भएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत महाधिवेशन उद्घाटनको मिति र स्थान सार्वजनिक गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। हाल प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्।

देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।

निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट केही निर्वाचन क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया बाँकी रहेको जानकारी प्राप्त भएपछि सोही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोह आइतबार (असोज १८ गते) गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ असोज २०८३ १३:३३ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast