अवकाशको दुई महिना नपुग्दै राजनीतिमा सक्रिय हुन थाले लक्ष्मीकिशोर सुवेदी

हिमाल प्रेस १२ असोज २०८३ १०:४२ | Monday, September 28, 2026
अवकाशको दुई महिना नपुग्दै राजनीतिमा सक्रिय हुन थाले लक्ष्मीकिशोर सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निवर्तमान अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा प्रतिस्पर्धा गर्ने भएका छन्।

गएको भदौ १८ गते शिक्षक सेवाबाट अनिवार्य अवकाश पाएका सुवेदी अनिवार्य अवकाश भएसँगै महासंघको अध्यक्ष पदबाट पनि हटेका थिए।

लामो समयदेखि नेपाली कांग्रेस पार्टीप्रति आस्था र वैचारिक प्रतिबद्धता राख्दै आएका उनले अब सक्रिय राजनीतिमा अगाडि बढ्ने संकेत गरेका हुन्।

सार्वजनिक गरिएको प्रचार सामग्री अनुसार सुवेदीले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ९ बाट ‘पेसागत विषय विज्ञ क्लस्टर’ तर्फ महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दिने निर्णय गरेका छन्।

उनले उक्त क्षेत्रका क्षेत्रीय प्रतिनिधि तथा मतदाताहरूलाई मतदान गरी विजय गराइदिन विनम्र अनुरोध समेत गरेका छन्।

प्रकाशित: १२ असोज २०८३ १०:४२ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast