सन्दीप लामिछाने
काठमाडौँ- लेग स्पीनर सन्दीप लामिछानेले टी-२० आई मा १०० विकेट लिएका छन्।
उनले टी २० विश्वकपअन्तर्गत टेष्ट बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनको सय विकेट पुगेको छ। उनले ५४ खेलबाट सय विकेट पूरा गरेका हुन्।
उनी कीर्तिमानी १०० विकेट लिन भने चुकेका छन्। अफगानिस्तानका बलर रासिद खानको टी-२० आईमा ५३ खेलबाट १०० विकेटको कीर्तिमान छ। सन्दीप टी-२० मा छिटो १०० विकेट पुर्याउने दोस्रो खेलाडी हुन्।
सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिएसँगै बंगलादेशले ८ विकेट गुमाएर ८८ रन बनाएर खेलिरहेको छ।
प्रकाशित: ३ असार २०८१ ६:३९ | Monday, June 17, 2024
प्रतिक्रिया


