प्रचण्ड र ओलीसँगको छलफलपछि रविले भने : प्रश्न उठेपछि बोल्न पाउनुपर्छ

हिमाल प्रेस २ जेठ २०८१ १७:११
50
SHARES
प्रचण्ड र ओलीसँगको छलफलपछि रविले भने : प्रश्न उठेपछि बोल्न पाउनुपर्छ फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ। संसद्‌मा भइरहेको अवरोध र समसामयिक राजनीतिक घटनामा केन्द्रित भएर छलफल भएको लामिछानेले बताए।

लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्‌मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहोर्‍याएका छन्। बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताए।

‘निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे। सदन र सडकमा पनि गाली गलौच नै चल्यो’, लामिछानेले भने, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्‍यो। त्यो अधिकार पनि हो।’

उनले आफ्नो जवाफमा चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताए। ‘जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ। नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नुहुँदैन जस्तो लाग्छ’, लामिछानेको भनाइ छ। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्ने बताउँदै आएको छ।

प्रकाशित: २ जेठ २०८१ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =