तस्बिरमा नयाँ वर्ष

हिमाल प्रेस १ वैशाख २०८१ १६:२०
86
SHARES
तस्बिरमा नयाँ वर्ष मोरङको सुन्दरहरैँचा नगरपालिका चन्द्रनगरस्थित पाथिभरा मन्दिरमा नयाँ वर्ष २०८१ का अवसरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन।

काठमाडौँ– आज वैशाख १ गते घामको उज्यालो किरणसँगै विक्रम संवत्को नयाँ वर्ष २०८१ आरम्भ भएको छ। यतिबेला प्रकृति आकर्षक देखिएको छ। बगैँचामा ढकमक्क फुलेका फूलको सौन्दर्यमा जोकोही पनि मन्त्रमुग्ध भएका छन्। नयाँ वर्षको अवसरमा देशका विभिन्न ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। नयाँ वर्ष मठमन्दिरमा पूजाअर्चना गर्ने, मीठामीठा खानेकुरा परिवारसँग बसेर खाने, नाचगान र घुमफिर गरेर मनाइने चलन छ।

हेराै‌ँ तस्बिरहरू

भारतको उत्तर प्रदेश बलरामपुर जिल्लाको तुलसीपुर बजारबाट शनिबार बिहान नयाँ वर्ष वि.सं.२०८१ सालको पहिलो दिन देखिएको सूर्योदयको दृश्य।
लुम्बिनीमा पर्यटक
कर्णालीको चिसापानी पुलमा पर्यटकको घुइँचो
नयाँ वर्ष २०८१ का अवसरमा हुम्ला सदरमुकाम सिमकोटमा देउडा खेल्दै माथिल्लो हुम्लाका महिला र तल्लो हुम्लाका पुरुष।
जनकपुरधामस्थित हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा नयाँ वर्ष २०८१ को पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजनको भीड।
तनहुँको भिमाद–५ मिछुर्लुङस्थित मिछुर्लुङ विकास समाजले नयाँ वर्षका अवसरमा शनिबार आयोजना गरेको खुल्ला कौराहा प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै मगर कलाकार।

सबै तस्बिर रासस

प्रकाशित: १ वैशाख २०८१ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =