सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी : बनाइयो छानबिन समिति

हिमाल प्रेस २६ चैत २०८० २०:२७
50
SHARES
सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी : बनाइयो छानबिन समिति

काठमाडौँ- सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा भएको आगलागीको विषयमा छानबिन समिति बनाइएको छ।

सशस्त्र प्रहरीका एआईजी बंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेर अध्ययन थालिसकेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगो नियन्त्रणमा लिन ८ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आसपासमा रहेका सीसी क्यामरा जाँच गर्न निर्देशन दिएका छन्। साथै उनले समिति बनाउन सुझाव दिएका थिए। सोहीअनुसार एआईजीको संयोजकत्वमा समिति बनाइएको हो।

 

प्रकाशित: २६ चैत २०८० २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =