‘अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिन्छ’

हिमाल प्रेस २० चैत २०८० १५:३२
12
SHARES
‘अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिन्छ’

काठमाडौँ- समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तर्क्रिया कार्यक्रममा उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरे।

उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भए पनि पूर्ण हुन नसकेको जिकिर गरे। उनले समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने, जनतालाई कसरी सुरक्षित गर्ने भन्ने कुरालाई मूल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताए।

उनले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभएर स्थिरतातिर देशलाई अघि बढाउने दाबी गरे। उनले आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताए।

नेपालका कानुनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरूको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने उनले बताए। उनले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने बताए।

प्रकाशित: २० चैत २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =