उपेन्द्र यादव भन्छन् : अहिले भइरहेको तमासाबाट समाजवाद आउनेवाला छैन

हिमाल प्रेस २० चैत २०८० १५:२८
24
SHARES
उपेन्द्र यादव भन्छन् : अहिले भइरहेको तमासाबाट समाजवाद आउनेवाला छैन

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन्।

मंगलबार काठमाडौं समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गरे।

उनले अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताए। उनले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको बताए। उनले समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताए।

उनले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने बताए। उनले नेपालको संघीयता संघीयता जस्तो मात्रै भएको तर कुरुप रहेको बताए।

अध्यक्ष यादवले सामाजिक न्यायबिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे। उनले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताए।

प्रकाशित: २० चैत २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 11 =