कांग्रेसले कसलाई बनाउला इलाम-२ को उम्मेदवार?

हिमाल प्रेस २० चैत २०८० ६:४९
4
SHARES
कांग्रेसले कसलाई बनाउला इलाम-२ को उम्मेदवार?

काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै छ।

बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ।

मुख्यगरी कांग्रेसको बैठक इलाम–२ को उम्मेदवार चयनमा कांग्रेस बैठक केन्द्रित हुनेछ। इलाममा डम्बर खड्का र भेषराज आचार्य मुख्य प्रत्यासी छन्।

खड्का देउवापक्ष हुन् भने आचार्य पार्टी नेता डा. शेखर कोइराला पक्षधर हुन्। यसपटक मुख्यप्रतिस्पर्धा एमाले, कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने भएकाले कांग्रेस जित्ने उम्मेदवार छान्ने बताएको छ।

लामो समय एमाले नेता सुवास नेम्बाङले जितेको सोही क्षेत्रमा कांग्रेस नेताहरू जसरी पनि जित्नुपर्ने अडानमा छन्।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ।

प्रकाशित: २० चैत २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =