‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन बन्द गरियो?’

हिमाल प्रेस १९ चैत २०८० १३:१८
14
SHARES
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन बन्द गरियो?’

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बन्द गरेको विषयमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई प्रश्न गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन रद्द गरेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई प्रश्न गरेकी हुन्। उनले सो परियोजनाबाट दुर्गम भेगका विद्यालयले लाभ लिइरहेकोमा अहिले किन बन्द भयो भनेर अभिभावक र शिक्षकले आफूलाई प्रश्न गर्न थालेको बताइन्।

‘दुर्गमका अभिभावक र शिक्षकले प्रश्न गरिरहेका छन् किन बन्द गरियो। गुणस्तरीय शिक्षा दिन भवन चाहिन्छ कि चाहिँदैन ? वार्षिक परीक्षा चौरमा दिन बाध्य छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन बन्द भयो जवाफ शिक्षामन्त्रीले दिनुपर्छ,’ उनले भनिन्।

प्रकाशित: १९ चैत २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =