चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले भेटे समकक्षी वाङ यी

हिमाल प्रेस १३ चैत २०८० २०:४२
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले भेटे समकक्षी वाङ यी

काठमाडौँ- चीनको ९ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भेटवार्ता गरेका छन्।

चीन गएको सदस्य टोलीसहित दुईपक्षीय वार्ता समेत भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए। उनीहरूबीच भएको कुराकानीका विषयमा भने औपचारिक रूपमा खुलाइएको छैन।

परराष्ट्रमन्त्री श्रेष्ठ र वाङबीच मंगलबार अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको बताइएको छ।

आपसीहित र सहयोग बारेमा लामो छलफल भएको भनिएको छ।

भेटका विषयमा दुई छिमेकीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै नेताले प्रतिबद्धता जनाएको मन्त्रालय स्रोतले जनाएको छ।

यद्यपि, यो विषय सामाजिक सञ्जालमा उल्लेख गरेको पनि औपचारिक प्रेस वक्तब्य भने चार घण्टासम्म पनि बाहिर ल्याएको छैन।

दुवै नेताले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्नै पर्ने भन्दै त्यसमा कसरी अघि बढ्ने त्यो मोडल तयार पार्ने विषयमा छलफल भएको बताइएको छ।

सहकार्यको प्रतिबद्धता सधा झै यस पटक पनि भएको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार भेटमा सुस्त रहेका चिनियाँ परियोजना अघि बढाउने र नेपालको विकासमा चिनियाँ सहयोग रहने स्पष्ट पारेका छन्।

चीनले अघि बढाएका परियोजना निकै सुस्त भयो भनिरहेको अवस्थामा यसलाई अघि बढाउने सहमति भएको परराष्ट्र अधिकारीले बताए।

सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष हुन् श्रेष्ठ भने विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य हुनाले उनीहरुको बीचको छलफलमा राजनीतिक दलबीचको सहकार्य विषयमा पनि छलफल भएको अधिकारीले जानकारी दिए।

उनी मंगलाबार बिहान अस्पताल पुगेर आफ्नो स्वास्थ्यको अवस्थाबारे जानकारी लिएका थिए। उनी गत कात्तिकमा बेइजिङ पुग्दा माइल्ड हर्ड अट्याक भएको थियो।

उनको एक भल्भमा चीनमा नै स्टन्ट राखेको र अर्को भल्मा नेपाल आएपछि राखिएको हुँदा त्यसलाई ध्यानमा दिएर उनी अस्पताल पनि गएका हुन्।

त्यसलगत्तै उनी बेइजिङ स्थित नेपाली दूतावासमा लगानी सम्बन्धी प्रवचन दिएका थिए। त्यसपछि उनले वाङलाई भेटेका हुन्।

वाङ नेपाल बुझेका कूटनीतिज्ञ हुन्। चीनको भ्रमणमा रहेको उपप्रधान श्रेष्ठले सोमबार चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष तथा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेको आज परराष्ट्र मन्त्रालयले विज्ञप्ती नै पठाका थिए।

उक्त अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकोमा खुसी व्यक्त गरेका जनाइएको छ। यद्यपि सोमबार भेटेको पत्र लाज नै पचाएर परराष्ट्र मन्त्रालयले मंगलबार पठाएको छ।

साथै, उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेर छलफल भएको त्यसमा जनाइएको छ।

परराष्ट्र मन्त्रीको औपचारिक कार्यक्रम सकिएको छ। यसपटक उनी पर्यटकिय सहर छोङछिङ जानेछन्।

ल्हासा आएपछि उनी मानसरोवर पनि जाने कार्यक्रम तय भएको छ।

प्रकाशित: १३ चैत २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =