कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

हिमाल प्रेस ११ चैत २०८० १९:३७
14
SHARES
कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

कैलाली- कैलालीको भजनी नगरपालिका-२, रजवाराका १३ वर्षीया बालिका ममता विकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज (आइतबार) डुबेर मृत्यु भएको छ।

डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। भजनी-सुख्खड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका सुपप्र ०१०१० प ९०६८ नम्बरको मोटरसाइकलका चालक भजनी नगरपालिकाका २५ वर्षीय धिरज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। ठक्कर दिएर फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसै गरी, कैलालीको चुरेपहाडी क्षेत्र मोहन्याल गाउँपालिका-३ मा रहेको साँघुरो खोलामा आजै एक व्यक्ति मृतावस्थामा भेटिएका छन्। सुर्खेत घर भई हाल मोहन्यालमा बस्दै आएका ४२ वर्षीय भक्तबहादुर रानामगर उक्त खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: ११ चैत २०८० १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =