७ सयले बढ्यो सुन

हिमाल प्रेस ६ चैत २०८० ११:१६
6
SHARES
७ सयले बढ्यो सुन

काठमाडौँ- स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला ७ सयले बृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ।

सोमबार छापावाला सुन प्रतितोला  एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन पनि प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ। महासंघले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय रुपैयाँ कायम गरेको छ।

सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रुपैयाँ मूल्यमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित: ६ चैत २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =