घट्यो सुनको भाउ, तोलाको कति?

हिमाल प्रेस ३ जेठ २०८० ११:०३
2
SHARE
घट्यो सुनको भाउ, तोलाको कति?

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ जेठ २०८० ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =