एकै दिन दुई हजारले बढ्यो सुन

हिमाल प्रेस २० फागुन २०८० १२:१५
24
SHARES
एकै दिन दुई हजारले बढ्यो सुन

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य एकै दिन दुई हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित: २० फागुन २०८० १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =