सत्तारुढ दलले साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने

हिमाल प्रेस ६ चैत २०८० ५:२२
सत्तारुढ दलले साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौँ– सत्तारुढ दलहरूले मंगलबार (आज) साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।

गठबन्धन फेरिएर फागुन २१ मा मन्त्रीमण्डल पुनर्गठन भएसँगै सरकारमा पाँच दल सहभागी छन्। नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीका दुई दुई जना नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि सार्वजनिक गर्न लागिएको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट बिहान १० बजे दलहरूका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा पाँचै दलका शीर्ष नेता सहभागी हुनेछन् ।

प्रकाशित: ६ चैत २०८० ५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =