६ नयाँ खेलाडी समेट्दै घोषणा भयो राष्ट्रिय फुटबल टोली

हिमाल प्रेस २९ फागुन २०८० १७:३३
34
SHARES
६ नयाँ खेलाडी समेट्दै घोषणा भयो राष्ट्रिय फुटबल टोली

काठमाडौँ- ६ नयाँलाई समेट्दै नेपाली फुटबल टोली घोषणा भएको छ। प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले शुत्रबार हुने मलेसियासँगको मैत्रीपूर्ण खेल र फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत बराइनसँग चैत ८ र १३ गते हुने खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

रोहन कार्की, विशाल बस्नेत,अभिषेक लिम्बु,अजय चौधरी, सौभाग्य राई (सन्जित) र समीर तामाङले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। यसैगरी भरत खवासले पुनरागमन गरेका छन्।

यसैगरी दीप कार्की, सन्तोष खत्री, आयुष घलान, सुरजजीउ ठकुरीलगायतका खेलाडी मोफसलका प्रतियोगितामा ब्यस्त रहेका कारण बन्द प्रशिक्षणमा उपस्थित हुन नसकेपछि बाहिरिएका छन्। यसैगरी प्रराम्भिक छनोटमै नपरेका भरत खवास र सन्जितलाई टोलीमा मेटिएको छ।

फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणको दुवै खेल नेपालले बहराइनमा खेल्ने छ। नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो।

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बु , अभिषेक बराल, विशाल सुनार

रक्षक : अजय चौधरी, अनन्त तामाङ, अविशेक लिम्बु, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभग्य राई,

मिडफिल्डर : भरत खवास, एरिक विष्ट, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई,

फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुव थपलिया, समीर तामाङ, सञ्जिव विष्ट

प्रकाशित: २९ फागुन २०८० १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =