माओवादीबाट राष्ट्रियसभा अध्यक्ष उम्मेदवार को?

हिमाल प्रेस २७ फागुन २०८० ७:५०
10
SHARES
माओवादीबाट राष्ट्रियसभा अध्यक्ष उम्मेदवार को? फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। बैठकले मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्ने छ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन्।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए।

 

प्रकाशित: २७ फागुन २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =