कांग्रेसको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २४ फागुन २०८० ७:०८
14
SHARES
कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे बस्नेछ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।

उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, संसद् बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीति तय हुने खतिवडाले जानकारी दिए।

संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। यसअघि २१ फागुनलाई बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

प्रकाशित: २४ फागुन २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =