सरकारबाट बाहिरिनुपर्दा कांग्रेसमा छटपटी छ : प्रदीप ज्ञवाली

हिमाल प्रेस २३ फागुन २०८० १७:२८
28
SHARES
सरकारबाट बाहिरिनुपर्दा कांग्रेसमा छटपटी छ : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेले नयाँ सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेस सक्रिए भएको तर सफल हुन नदिने बताएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको बताएका हुन्।

उनले कांग्रेसले सरकारबाट हट्न नपाउँदै बाटोमा भेटिने सबैलाई प्रधानमन्त्रीको प्रस्ताव हिँडेको आरोप पनि लगाए। ज्ञवालीले कांग्रेस सत्ताबाट अप्रत्याशित रूपमा हट्नुपर्दा छटपट्टिएको पनि बताए।

‘हामी राजनीतिलाई सधैँभरी प्रयोगको एउटा मञ्च, देशलाई एउटा एक्सपेरिमेन्टको थलो बनाउन चाहँदैनौँ। मुलुकलाई चाहिएको स्थिरता हो। सरकारमा को रहन्छ, सरकारको नेतृत्वमा को रहन्छ, कुन पार्टीले कुन मन्त्रालय सम्हाल्छ? साह्रै ठूलो कुरा होइन होला,’ उनले भने, ‘यद्यपि नेतृत्वले कतातिर लैजाने भन्ने कुराले धेरै कुराहरू फरक पार्छ। तर, त्यो उद्देश्यसँग जोडिएन भने सरकारमा को छ, कसले नेतृत्व गरेको छ, कुन पोर्टपोलियो कसले सम्हालेको छ? भन्ने कुराको खासै अर्थ हुँदो रहेनछ। अब नेपाली कांग्रेसमा एउटा छटपटी देखिन्छ। उहाँहरूमा एकखालको आवेग जस्तो कि सरकारबाट अप्रत्याशित रूपमा हट्नु परेपछि त्यो देखिन्छ।’

प्रकाशित: २३ फागुन २०८० १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =