प्रतिपक्षी कांग्रेसले राष्ट्रपतिमा हिस्सा खोजेर दोहोरो चरित्र देखाउँदै छ : प्रदीप ज्ञवाली

राष्ट्रपतिको निर्वाचनसम्म सत्तागठबन्धन जोगाउन जरुरी

हिमाल प्रेस २३ माघ २०७९ १८:३२
6
SHARES
प्रतिपक्षी कांग्रेसले राष्ट्रपतिमा हिस्सा खोजेर दोहोरो चरित्र देखाउँदै छ : प्रदीप ज्ञवाली नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली।

काठमाडौँ– सत्तारुढ नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन्। रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्।

राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको भनाइ छ।

यही पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने भन्दै सत्तागठबन्धनलाई टिकाई राख्ने र राष्ट्रपति निर्वाचन सम्पन्न गर्दै अहिले देखा परेको राजनीतिक अस्थिरता र अन्यौलहरू हटाएर अगाडि बढ्न जरुरी रहेको उनले बताए।

कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्त्वपूर्ण अंगहरूमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने उनले जिकिर गरे।

‘कांग्रेसले प्रतिपक्षमा बस्न पाउँ भनेर संसद सचिवालयमा निवेदन दिने अनि अर्कोतिर सत्ताका महत्त्वपूर्ण अंगहरूमा हिस्सेदारी पनि खोज्ने। त्यो कहिँ पनि मिलेन। लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो,’ उनले भने,’यसले कांग्रेसको दोहोरो चिरत्र देखाएको छ।’

निर्वाचनपछि सरकारबाट बाहिरिएपछि कांग्रेसमा छटपटी देखिएको उनले दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =