हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २३ फागुन २०८० ८:२२
20
SHARES
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, बेलायती पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरै विदेश मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा थियो।

आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ७० पैसा र बिक्रीदर १६८ रुपैयाँ ४६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा थियो।

प्रकाशित: २३ फागुन २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =