नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

हिमाल प्रेस २२ फागुन २०८० १६:५४
6
SHARES
नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

काठमाडौँ- नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम ए डब्लू कमार्सिअल भेइकल प्रालिले इन्जिन आयल भित्राएको छ। टंगालस्थित बतास एम ए डब्लू  प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्राएको जानकारी दिए।

बतासले आइसर इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए। सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एम ए डब्लू प्रतिबद्ध रहेको उनको भनाइ छ।

प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको बताए। आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसनआयल, इन्डष्ट्रियल आयल नेपाली बजारमा उपलब्ध हुनेछन् । आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने जनाइएको छ।

प्रकाशित: २२ फागुन २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =