कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

हिमाल प्रेस २२ फागुन २०८० ७:०८
4
SHARES
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ। सभापति देउवाले मंगलबार प्रधानमन्त्री प्रचण्डबाट धोका भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए ।

प्रकाशित: २२ फागुन २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =