कांग्रेस ‘अब रचनात्मक प्रतिपक्षी’, कार्यसम्पादन समिति बैठक भोलि

हिमाल प्रेस २१ फागुन २०८० १६:२१
34
SHARES
कांग्रेस ‘अब रचनात्मक प्रतिपक्षी’, कार्यसम्पादन समिति बैठक भोलि सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस अब रचनात्मक प्रतिपक्षीका रूपमा रहने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनबाट बाहिरिएको कांग्रसका नेताहरूले रचनात्मक प्रतिपक्षी भूमिकामा रहने नेताहरूले बताएका हुन्।

कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘अब हामी रचनात्मक प्रतिपक्षी भूमिकामा रहनेछौँ।’ उनले तत्कालका लागि पार्टी संगठन बलियो बनाएर विभिन्न विकल्प खोज्ने बताए।

पदाधिकारीहरूको सोमबार बसेको बैठकमा सभापति देउवाले प्रचण्डले अहिल्यै धोका दिएर कांग्रेसको आँखा खोलिदिएको बताएका थिए। उनले भनेका थिए, ‘आखिरमा प्रचण्डले धोका दिने नै रहेछन्, पछि चुनावताका धोका दिएको भए झन् ठूलो समस्या हुने थियो।’

पार्टीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्नेछ।

महामन्त्री थापाले भने, ‘पार्टीको आगामी रणनीतिबारे भोलिको बैठकले निर्णय गर्नेछ। अब रचनात्मक प्रतिपक्षीमा रहेर भूमिका निर्वाह गर्नेछौँ।’

गठबन्धन सरकारमा कांग्रेसका उपप्रधानमन्त्रीसहित नौ जना मन्त्री थिए। प्रधानमन्त्रीको दल माओवादीले गठबन्धन परिवर्तन गरेपछि सरकारमा कांग्रेसबाट रहेका सबै मन्त्री स्वतः पदमुक्त हुनेछन्। सोमबार अपराह्न नयाँ तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट उपपप्रधानमन्त्रीसहित रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद छन्। यसैगरी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उद्योगमन्त्री रमेश रिजाल, सहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य सहभागी छन्।

प्रकाशित: २१ फागुन २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =