काठमाडौँको पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

हिमाल प्रेस २१ फागुन २०८० १३:४३
काठमाडौँको पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौँको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ०३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएकोे हो।

अब बैंकको शाखा संख्या २७० पुगेको छ। नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा पाण्डेले नयाँ शाखाबाट ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए। हाल बैंकको २७० शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६८ वटा एटीएम रहेको छ।

प्रकाशित: २१ फागुन २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =