बारामा एक तीर्थयात्रीको मृत्यु

हिमाल प्रेस २० फागुन २०८० १८:४३
26
SHARES
बारामा एक तीर्थयात्रीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

बारा- भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज (आइतबार) बिहान मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेको जानकारी दिए।

करिब एक सय जनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्किएका थिए। भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका-१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गरेका थिए।

उनी शनिबार खाना खाएर सुतेको र आज (आइतबार) बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

उनको शव प्रदेशिक अस्पताल कलैयामा राखिएको छ। उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २० फागुन २०८० १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =