एमालेको राष्ट्रियसभा प्रमुख सचेतकमा भगवती न्यौपाने

हिमाल प्रेस २० फागुन २०८० ११:५९
28
SHARES
एमालेको राष्ट्रियसभा प्रमुख सचेतकमा भगवती न्यौपाने

काठमाडौँ- नेकपा एमाले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा भगवती न्यौपाने नियुक्त भएकी छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। भोलिदेखि लागु हुने गरी न्यौपानेलाई जिम्मेवारी दिइएको हो।

राष्ट्रियसभामा प्रमुख सचेतकले दलका नेतासँगको परामर्शमा सांसदलाई ह्वीप जारी गर्ने, बैठकका विषयमा जानकारी गराउने, पार्टीको धारणा जानकारी गराउने, बोल्नका लागि समय उपलब्ध गराउने आदि भूमिका निर्वाह गर्नुपर्दछ। प्रमुख सचेतकको जिम्मेवारी पाएको न्यौपानेले जानकारी दिइन्।

हालका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठको समय अवधि आजदेखि सकिएको हो। राष्ट्रियसभामा ६ वर्षे कायकालको रूपमा प्रवेश गरेकी तनुहँकी न्यौपानेको अब दुई वर्ष पदावधि बाँकी छ। एमालेको राष्ट्रियसभाको दलको नेतामा देवेन्द्र दाहाल छन्।

प्रकाशित: २० फागुन २०८० ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =