चितवनमा बालिका मृत्यु घटना : तत्काल अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन कांग्रेसको माग

हिमाल प्रेस १९ फागुन २०८० १६:३१
12
SHARES
चितवनमा बालिका मृत्यु घटना : तत्काल अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन कांग्रेसको माग कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले चितवन घटनाको गहन अनुसन्धान गर्न माग गरेको छ। चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरूप्रति कांग्रेसले गहन अनुसन्धान गर्न माग गरेको हो।

कांग्रेसका पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै भने,‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैँमा अत्यन्तै दुःखद् त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ। नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ।’

बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

प्रकाशित: १९ फागुन २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =