राजनीतिक प्रणाली ठीक नभए अन्य विषय ठीक हुँदैन : प्रकाशमान सिंह

हिमाल प्रेस १९ फागुन २०८० ११:५२
14
SHARES
राजनीतिक प्रणाली ठीक नभए अन्य विषय ठीक हुँदैन : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति प्रणाली ठीक नभएसम्म अरू कुनै विषय ठीक नहुने बताएका छन्। उनले सरकारको आर्थिक नीतिमा कमजोरी देखिएकाले आर्थिक क्षेत्रमा समस्या भएको बताए।

आज उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले राजनीतिक प्रणाली ठीक बनाउन लाग्नुपर्ने बताए।

अहिलेको अहज अवस्थामा नआत्ति व्यवसायमा लाग्न सिंहले व्यवसायीलाई अनुरोध गरे।

उनले सरकार र पार्टीले मुलुकको अर्थतन्त्रको सुधारमा गम्भीरताका साथ कदम चाल्नुपर्ने बताए।

प्रकाशित: १९ फागुन २०८० ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =