पार्टीमा अर्कालाई दोष लगाएर कोही बलियो हुँदैन : प्रकाशमान सिंह

हिमाल प्रेस २५ साउन २०८० १३:०७
22
SHARES
पार्टीमा अर्कालाई दोष लगाएर कोही बलियो हुँदैन : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले गरेका राम्रा कामको प्रचारमा पर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ मा आज आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसका गतिविधि खर्चिलो हुन थालेकाले सुधार ल्याउनुपर्ने बताए।

उनले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि एक अर्कोलाई दोष लगाएर कोही बलियो नहुने बताए।

कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री भिस्मराज आङ्देम्बेले कांग्रेस केन्द्रीय समितिले गरेका निर्णय पालना गरेर अघि बढ्न सके पार्टी बलियो हुने बताए।

प्रकाशित: २५ साउन २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =