राप्रपाले चैत १६ गते जनसंघर्ष गर्ने, काठमाडौँमा आन्दोलनसम्बन्धी प्रशिक्षण

हिमाल प्रेस १६ फागुन २०८० २०:०४
10
SHARES
राप्रपाले चैत १६ गते जनसंघर्ष गर्ने, काठमाडौँमा आन्दोलनसम्बन्धी प्रशिक्षण

काठमाडौँ- राप्रपाले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ। पार्टीले सरकार समक्ष पेस गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबावका कार्यक्रम सञ्चालन गर्ने र काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको हो।

यसै क्रममा राप्रपाले आज (बुधबार) काठमाडौँमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलनसम्बन्धी प्रशिक्षण गरेको छ।

अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा, महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक नीलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका छन्।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्नेछ।

यसै गरी चैत १० गते देशका मुख्य सहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेस गरेको ४० बुँदे ज्ञापनपत्रका विषयमा देशव्यापी जागरण गर्दै चैत १६ गते काठमाडौँमा बृहत् जनसंघर्ष गर्ने कार्यक्रम तय भएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ रहेका छन्।

प्रकाशित: १६ फागुन २०८० २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =